माया मेट्रो अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाले गरे रक्तदान

माया मेट्रो अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाले गरे रक्तदान

धनगढी ३ मा रहेको माया मेट्रो अस्पताल प्रालीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । प्रणय दिवस तथा भ्यालेन्टाइन दिवसको अवसर पारेर आज अस्पताल परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको माया मेट्रो अस्पतालले जनाएको छ।

अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले प्रत्येक बर्ष जस्तै यसबर्ष पनी भ्यालेन्टाइन डेको दिनमा रक्तदान गर्नुहोस्,माया दिनुहोस्, जिवन बचाउनुहोस् भन्ने सन्देशका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । रक्तदान कार्यक्रमले केही मात्रमा भएपनी रगतको परिपुर्ती हुने बिश्वास ब्यक्त गरेका छन् ।

कार्यक्रममा मानव जिवन रक्षाका लागी १०० पटक भन्दा बढी रक्तदान गरेका दिपक उपाध्यायलाई सम्मान गरिएको छ।