मोहना अतरिया ६ लेनमा अर्को फण्डा, विद्युत् लाइन विस्तारमा स्थानीयको विरोध

मोहना अतरिया ६ लेनमा अर्को फण्डा, विद्युत् लाइन विस्तारमा स्थानीयको विरोध

धनगढीः मोहना अतरिया ६ लेन सडक विस्तारमा बाधक बनेका सरकारी कार्यालय र संरचनाहरु अझै हटाइएको छैन। दुई वर्षको निर्माण समया अवधि पाएको मोहना अतरिया ६ लेन सडक आयोजना सरकारी कार्यालय र संरचनाहरु नहटाइँदा प्रभावित भएको छ।

विद्युतका पोलहरु, कैलाली भन्सार कार्यालय, मोहना पुल नजिक रहेको प्रहरी चौकी, अत्तरीयामा रहेको विद्युत् टावर लगायतका सरकारी कार्यालय र संरचना यो सडक अन्र्तगत परेका छन्। कार्यालय र संरचनाहरु हटाउन आग्रह गरेपनि कार्यालय नहटाइएको आयोजना प्रमुख मनिसकुमार शाहाले जानकारी दिए। उनीहरुले कार्यालय सार्नकोलागि नयाँ प्रोजेक्ट माग गरेको मात्र बताउँदै आएको आयोजना प्रमुख शाहले बताए। 

विशेष गरेर पछिल्लो समय विद्युतका पोल विस्तारमा समस्या देखा परेको उनले बताए। विद्युतका पोलहरु विस्तार गर्दा घरको छतमा पर्ने भन्दै स्थानीयबाट विवाद आउन थालेको छ। आयोजना सुरुहुदा साढे २४ मिटरमा विद्युतका पोलहरु राख्ने कुरा थियो। तर विद्युत् कार्यालका प्रमुखको आग्रहमा अहिले २४ मिटरमा विद्युतका पोलहरु राख्दा समेत स्थानीयबाट विवाद आएको उनको भनाई छ। 

सडकको नालामा विद्युतका पोल राख्न स्थानीयले आयोजनालाई दबाब दिन थालेका छन्। तर आयोजनाका अनुसार सडक नालामा विद्युतका पोलहरु राख्न नसकिने अवस्था छ। पोल भाँचिएको अवस्थामा सडक भत्काउनु पर्ने हुन्छ। विद्युत् कार्यालयले भत्काएको सडक मर्मत गर्दैन। आयोजनासँग मर्मतको बजेट हुँदैन। कठमाडौमा पनि विद्युतका पोलहरु घर नजिक भएर विस्तार गरिएको छ। त्यही अनुसार यहाँ पनि विद्युत् लाइन विस्तार गर्ने योजनामा आयोजना छ। तर स्थानीयको निकै दबाब आएकोले विद्युत् लाइनको लागि पुन घरको चेक गर्नु पर्ने अवस्था आएको उनले बताए। 

आयोजनाका अनुसार २५ मिटर सम्म सडक विस्तारको लागि जग्गा आवश्यक पर्छ। विद्युतलाई आवश्यक परेको खण्डमा थप ६ मिटर जग्गा अधिग्रण गर्न सक्छ। तर अहिले २४ मिटरमा नै विद्युतको पोलहरु राखिन लागेको आयोजना प्रमुख शाहले बताए। यसका बाबजुद पनि विवाद आइरहेको उनको भनाई छ।