नेपाल वेस्टर्न एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई थाइल्यान्डमा 'पेड इन्टर्नसिप'को मौका

नेपाल वेस्टर्न एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई थाइल्यान्डमा 'पेड इन्टर्नसिप'को मौका

धनगढी । पोखरा विश्वविद्यालयबाट व्याचुलर अफ होटेल म्यानेजमेन्ट र व्याचुलर अफ बिजनेस एड्मिनिस्ट्रेसन इन बैङ्किङ एन्ड इन्स्योरेन्स  कार्यक्रमबाट सम्बन्धन प्राप्त सुदूरपश्चिमकै पहिलो कलेज नेपाल वेस्टर्न  एकेडेमीको बिएचएममा अध्ययनरत विद्यार्थी सन्तोष सिंह रावल र दिनेश महराले प्येड इन्टर्नसिप कार्यक्रममा थाइल्यान्डको राजदूत सहर जोम्टियन पटाया, ओशन विंगमा अवस्थित पाँच तारे होटेलमा छनौट भएका छन्। 

व्याचुलर अफ होटेल म्यानेजमेन्ट करीकुलममा अन्तिम वर्ष अनिवार्य स्टार होटेलमा इन्टर्नसिप गर्नु पर्ने हुन्छ, जस अन्तर्गत यस नेपाल वेस्टर्न एकेडेमीले आफ्ना बिद्यार्थीहरुलाई निरन्तर दुवै, मलेसिया थाईल्याड, बहराई, युएई, चिन आदि देशमा इन्टर्नसिप पठाउँदै आइरहेको छ । 

विगतमा भन्दा हालका वर्षमा कलेजले धेरै राम्रो व्यवस्थापनका साथ ईन्टरनसिप पठाउने गरेको र आफूहरूले सोचे भन्दा राम्रो व्यवस्थापनमा इन्टर सिप गरिरहेको दुबईको अमेड फोर्स अफिस एण्ड होटेल मा इन्टर्नसिप गरिरहेका विद्यार्थी हरिशंकर जोशीले बताए । 

विदेशका होटेलमा इन्टर्नसिप गर्दै जाँदा बिद्यार्थीहरुलाई थुप्रै अवसर पनि दिने गरेको छ  ।  मलेसियामा इन्टर्नसिप गर्दागर्दै आफ्नो बाट प्रभावित भएर आफूले सोही होटेल मै इन्टर्नसिप  पाएको काम गरिरहेकी पूर्व विद्यार्थी प्रकृति धामीले बताइन ।  

इन्टर्नसिप  सकिएका बिद्यार्थीहरु कालागि जागिरको ग्यारेन्टी गराउने प्रावधान भएकोले कलेजले पनि स्वदेश तथा विदेशका स्टार होटेलहरूसँग नियमित सहकार्य गर्ने गरेको कलेजका निर्देशक सिंहले बताए । 

दिन प्रतिदिन बढ्दै गइरहेको बेरोजगारी समस्याले गर्दा थुप्रै बिद्यार्थीहरु वैदेशिक रोजगारीका लागि विदेशको यात्रामा जानुपरेकोमा व्याचुलर अफ होटेल म्यानेजमेन्ट  पढेर विदेश जानेहरूले राम्रो काम पाउने गरेका छन् । 

सुदूर पश्चिमको दुर्गम ठाउँमा जन्मेर पनि नेपाल वेस्टर्न एकेडेमीमा व्याचुलर अफ होटेल म्यानेजमेन्ट  पढेर आज रोजगारीको सिलसिलामा क्यानडा सम्म पुगेकोमा गर्व महसुस भएको कलेजका पूर्व विद्यार्थी बैतडीका लोकेन्द्र कुँवर र डोटीका शैलेश भट्टराईले आ-आफ्नो अनुभव सुनाएका छन् ।