कैलालीमा एक जना मृत फेला

कैलालीमा एक जना मृत फेला

धनगढी - कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको चुरे गाउँपालिका–१ आमसेराका ४३ वर्षीय भोजबहादुर छेडाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

छेडाल चटकपुरस्थित बोक्टान सडक खण्डको करिब ५ मिटर तल बिहीवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस विषयमा प्रहरी थप अनुसन्धान गरिरहेको छ।