पहिरनमा सधै एक कदम अगाडि प्रियंका

पहिरनमा सधै एक कदम अगाडि प्रियंका

बिहिबार बेलुकी काठमाडौंको बीग मुभिजमा आयोजना भएको फिल्म ‘फूलबारी’को प्रिमियर कार्यक्रममा फिल्म क्षेत्रका धेरै कलाकार पुगेनन् । नेपाली फिल्म क्षेत्रले एकले अर्कालाई साथ दिने भन्ने त दुर्लभ कुरा नै हो । यस बिषयमा हामी अर्को समाचारमा चर्चा गरौंला । 

तर, फिल्मको प्रिमियर कार्यक्रममा नायिका प्रियंका कार्कीको पहिरनले भने सबैलाई मोहनी नै लगायो । कार्यक्रममा फिल्मका २ नायिका प्रियंका र शिल्पा मास्के मात्र उपस्थित थिए । 

पहिरनमा सधै एक कदम अगाडि प्रियंका

तर, प्रियंकाले पहिरनको मामालामा आफू सधै नै एक कदम अगाडि रहेको पुष्टी गरिन् । आमा बनेपछि आफ्नो शरीरलाई फिट राख्न कुनै कसर बाँकी नराखेकी यी सुन्दरी निक्कै नै आकर्षक देखिएकी थिइन् । 

प्रियंकाले बिहे अगाडि पनि आफूलाई पहिरनको मामालामा सधै एक कदम अगाडि नै राख्दै आएकी हुन् । उनले, अझै पनि आफूमा पहिरनको सेन्स नगएको पुष्टी गरिन् । 

फिट शरिरमा उनले लगाएको आउटफिटले उनलाई अझै फिल्म क्षेत्रमा राज गर्ने हुटहुटी गएको छैन भन्ने वुझाउँछ ।