भदौ १ गते मुलुकी ऐन लागु हुँदै, आन्तरिक गृहकार्यमा कैलाली जिल्ला अदालत

भदौ १ गते मुलुकी ऐन लागु हुँदै, आन्तरिक गृहकार्यमा कैलाली जिल्ला अदालत

धनगढीः भदौ १ गतेबाट लागु हुने मुलुकी ऐनको कार्यान्वयनका विषयमा कैलाली जिल्ला अदालतले सरोकारवाला निकायसँग अन्तरक्रिया थालेको छ। मुलुकी देवानी, मुलुकी अपराध संहिता, कसुर तथा सजाय निर्धारण लयगतका पाँच ऐनहरू भदौ १ गतेबाट लागु हुँदै छन्। 

सोही एनेको कार्यान्वयन र तिनीहरूको प्रवावकारी वृद्धि सम्बन्धी नेपाल प्रहरी, सरकारी वकिल, स्वतन्त्र कानुन व्यवसायी, अदालत लगायतका सरोकारवाला सँग अन्तरक्रिया थालेको अदालतका श्रे्रस्तेदार इन्द्र बहादुर कठायतले जानकारी दिए। छलफलका क्रममा लागु हुन लागेका ऐनहरूको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाले तदारुकता देखाउने प्रतिबद्धता गरेको उनले बताए। 

ऐन कार्यान्वयनको विषयमा माथिल्लो निकायबाट समेत निर्देशन नआएको उनको भनाई छ। तर ऐन कार्यान्वनको लागि जिल्ला तहमा केही जटिलता रहेको उनले बताए। 

यी ऐनहरूको कार्यान्वयको लागि कार्यविधि के हुने भन्ने सन्द्रर्भमा सरोकारवाला निकायसँग अन्तर्क्रिया थालिएको हो। सरोकार राख्ने सबै निकाएको तदारुक्ता र समन्वयमा यी ऐनहरूको सफल कार्यान्वयनमा अघिबढने उनले बताए।