बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

धनगढी । बैतडीको दशरथचन्द नगरपालिका–४ जर्गका ४३ वर्षीय धनी चन्दको भीरबाट लडेर मृत्यु भएको छ।

चन्दको भिटेजर्गस्थित सलहाल्ने भीरबाट लडेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

भीरबाट लडेर करिब ५ मिटर तल चन्द मृत अवस्थामा फेला परेका हुन्। मृतक चन्दको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ।