राससको उत्कृष्ट सेवाग्राही सम्मान गोरखापत्र संस्थानलाई

राससको उत्कृष्ट सेवाग्राही सम्मान गोरखापत्र संस्थानलाई

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)ले गोरखापत्र संस्थानलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरेको छ । आइतबार राससको ६२ औं वार्षिकोत्सव समारोहमा गोरखापत्र संस्थानलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरेको हो । 

उक्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गर्नुभएको हो ।

राससले गोरखापत्र संस्थानसँगै हिमालय टाइम्स र लोकान्तर डटकमलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरेको छ ।