यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

धनगढी । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। प्रदेश नं १, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागहरूमा  आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसोː प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। छ। प्रदेश नं १ का पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː  प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको साथै प्रदेश नं १को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको  हुनाले  मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु हुन अनुरोध छ।