चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु

चितवन - चितवनको रत्ननगरमा  गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर-९ का ६० वर्षीय चन्द्रबहादुर तमाङ रहेको  चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। 

मंगलबार बिहान उनलाई गैँडाले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए। रत्ननगर-९ को लालपर्सा र मोहनाको बीचमा पर्ने बाटोमा उनलाई गैंडाले आक्रमण गरेको थियो। 

निकुञ्ज आसपासको गाउँ, बस्ति, खेत र वन क्षेत्रमा वन्यजन्तुले बर्सेनि मान्छेलाई आक्रमण गर्दा अंगभंग हुने र ज्यानसमेत जाने घटना हुने गरेका छन्। निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार यो आर्थिक वर्षमा यो घटनासहित वन्यजन्तुले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ।