आजको मौसम : कहाँ कहाँ छ वर्षाको सम्भावना ?

आजको मौसम : कहाँ कहाँ छ वर्षाको सम्भावना ?

धनगढी । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागहरू लगायत कर्णाली तथा सूदुरपश्चिम प्रदेशमा  आंशिक देखि सामान्य बदली  रही देशका बाँकी भू-भागहरूमा  आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसोː  प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली  रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː  प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको र प्रदेश नं १, र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले  मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु हुन अनुरोध छ।