तेजबहादुर सिंहको अध्यक्षतामा नेपाल शिक्षक संघ कैलालीको नेतृत्व चयन

तेजबहादुर सिंहको अध्यक्षतामा नेपाल शिक्षक संघ कैलालीको नेतृत्व चयन

धनगढी । नेपाल शिक्षक संघ कैलालीको ९ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै धनगढीमा सम्पन्न भएको छ । शारदा माविका प्राचार्य तेजवहादुर सिंहको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । दुई दिनसम्म धनगढीमा भएको ९ औं महाअधिवेशनबाट उपाध्यक्ष महिलामा सरस्वती बम सिंह, उपाध्यक्षमा गजेन्द्रवहादुर शाही, सचिवमा हरिशकुमार ओझा, सचिव अर्थमा देवराज जोशी, सहसचिवमा बमबहादुर क्षेत्री, सहसचिव महिलामा गौरी शाह, सहसचिव अर्थ महिलामा दिपा बुढा, सहसचिव समावेशीमा खड्गबहादुर तिवारी, सहसचिव समावेशीमा बसन्तकुमार महतौ चयन भएका छन् । 
संघको जिल्ला कार्य समिति महिला सदस्यमा निर्मला जोशी, ललिताकुमारी बम, भगवती बडैला तथा खुल्ला सदस्यहरुमा नेत्रराज तिमिल्सैना, जयराज जैसी, मदनप्रसाद पौडेल, मानवहादुर खड्का निर्वाचित भएका छन् । 

अधिवेशनले १२ जना प्रदेश अधिवेशन प्रतिनिधि र १० जना संघीय महाअधिवेशन प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा खुल्ला तर्फ रघु उपाध्याय, सिद्धराज जैसी, भोजराज शर्मा, पदमराज जोशी, तिर्थराज फुलारा, मोहनदेव मिश्र, गणेशप्रसाद दाहाल, खेमराज बोगटी तथा प्रदेश प्रतिनिधि महिला तर्फ निर्मला चौधरी, जानकी शर्मा, लक्ष्मी ओझा, चन्दकला दवाडी चयन भएका छन् ।

त्यसैगरी संघीय महाअधिवेशन प्रतिनिधि महिला तर्फ लक्ष्मी रावल, कल्पना पाठक, डम्मरा मल्ल तथा संघीय महाअधिवेशन प्रतिनिधि खुला तर्फ गणेश ओझा, कर्ण कुँवर, भुपाल सिंह खड्का, रामप्रसाद फुलारा, जयप्रकाश मिश्र, ज्ञानेन्द्रवहादुर शाह र सीताराम अवस्थी चयन भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित कार्य समितिलाई एक कार्यक्रमबा बीच बधाई तथा शुभकामना आदान प्रदान समेत गरिएको छ । 
नेपाल शिक्षक संघ कैलालीको नवनिर्वाचित अध्यक्ष तेजवहादुर सिंहले सबै शिक्षकहरुलाई एकजुट बनाएर शिक्षक तथा शैक्षिक क्षेत्रको सुधारका लागि कटिबद्ध भएर जाने बताए । उनले संघमा आबद्ध शिक्षकहरुको पेशागत सुरक्षाका लागि पनि सधैं अग्रसर भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।