कोटेश्वरमा गाडीको ठक्करबाट एक महिलाको मृत्यु

कोटेश्वरमा गाडीको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति पौने १२ बजे नम्बर नखुलेको गाडीको ठक्करबाट अन्दाजी ३५ वर्षकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा गएराति सवा १२ बजे  उनको ज्यान गएको हो।