प्रदेश जोखिम न्यनीकरण सम्बन्धी विधेयक माथि सामान्य छलफल

प्रदेश जोखिम न्यनीकरण सम्बन्धी विधेयक माथि सामान्य छलफल

सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा प्रदेश बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी विधेयक माथि सामान्य छलफल भएको छ ।

विधेयक माथि भएको सामान्य छलफलमा सत्तापक्षीय सासंद नेपालु चौधरीले विधेयक चाँडै आउनुपर्ने भएपनि सरकारले ढिलो गरी ल्याएको बताउनुभयो । विधेयकको अभावमा प्रदेशभरीका बिपद पीडित जनताले राहत पाउन नसकेकोले विधेयकलाई चाँडो पारित गरेर जनतालाई राहत दिने तर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।

सत्तापक्षीय अर्का सांसद प्रेमप्रकाश भट्टले प्रदेश मा भएका बिभिन्न बिपदका घटनाबाट पीडिट नागरिकहरुले सरकारले राहतका लागि छुट्ट्याएको रकम समेत ऐनको अभावमा पाउन नसकेकोले विधेयक पारित भएपछि ती समस्या हटेर जाने बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सासंद श्यामलाल राना थारु ले गत बर्ष नै ल्याउनपर्ने विधेयक सरकारले ढिलो गरी ल्याएको बताउनुभयो । उहाँले विधेयक स्वागतयोग्य रहेको भन्दै प्रदेश सभाको तेस्रो अधिबेशनबाटै पारित गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

यस्तै प्रमुख प्रतिपक्षी दलका सांसद दिब्यश्वरी शाहले प्रदेश सरकार विधेयकमा ढिलाई गरेर लापर्वाही गरेको आरोप लगाउनुभयो ।

सभामा समान्य छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले संघीय ऐनसित नबाझ्ने गरी कानून बनाउनुपर्ने भएकेले संघमा ऐनमा ढिलाई भएका कारण प्रदेश सरकारले समयमै ऐन ल्याउन नसकेको बताउनुभयो ।

उहाँले सुझाव दिने सबै सासंदहरु धन्यवाद ािँदै सरकारले हवाई उद्धार कार्यविधि समेत बनाएर तुरुन्तै कार्यान्वयन तर्फ जान लागेको जानकारी दिनुभयो । प्रदेश सभाको अर्को बैठक बैशाख १२ गते बस्ने छ ।