विधेयक पारित गर्न छोटो बाटो अपनाउन नियम निलम्बन गर्न प्रस्ताव दर्ता

विधेयक पारित गर्न छोटो बाटो अपनाउन नियम निलम्बन गर्न प्रस्ताव दर्ता

प्रदेश बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी विधेयकलाई चाँडो पारित गर्नका लागि प्रदेश सभा सचिवालयमा प्रदेश सभा सञ्चालन नियमावलीको नियम निलम्बन गर्न प्रस्ताव दर्ता भएको छ ।

प्रदेश सभाको सत्तापक्ष नेकपाका सचेतक अक्कल रावलले प्रमुख प्रतिपक्षी दल नेपमली कांग्रेसका सासंद श्यामलाल राना थारुको समर्थनमा सभा सञ्चालन नियमावली २०७४ को नियम ११० निलम्बन गर्न प्रस्ताव दर्ता गर्नुभएको छ ।

नियम ११० मा प्रदेश सभामा सामान्य छलफल भएपछि विधेयक माथि संशोधनको प्रस्ताव गर्न समय सीमा तोकिएको छ । सो नियम निलम्बन गरिदिएपछि विधेयकलाई निर्णयार्थ सभामा पेश गर्न सहज हुन्छ ।

प्रदेश सभा सञ्चालन नियमावलीकै नियम २१६ मा कुनै विधेयक चाँडो पारित गर्नुपर्ने अवस्था आएमा संशोधनको प्रस्ताव राख्नसक्ने समय सीमा तोकिएको नियम निलम्बन गर्न सकिने ब्यवस्था छ ।

 प्रदेश सभाको बुधबारको बैठकमा सभामुख अर्जुन बहादुर थापाले नियम निलम्बन गर्ने सम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता भएको जानकारी गराउनुभएको छ ।

नियम निलम्बन सम्बन्धी प्रस्तावमा बिहीबार छलफल हुने र सो प्रस्तव पारित भए बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी विधेयक पनि बिहीबारको सभा बैठकबाट पारित हुने बाटो खुल्ने छ ।