भोजपुरमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

भोजपुरमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

भोजपुर । भोजपुरमा चट्याङ लागेर एकजना बालकको मृत्यु भएको छ । षडानन्द नगरपालिका-१२ तिप्ले बस्ने नारायण भुजेलको १३ वर्षीय छोरा सरोजको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

चट्याङ लागेर घाइते भुजेललाई तुम्लिङटार मनाकामना अस्पताल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको हो । त्यस्तै, घटनामा स्थानीय भक्त बहादुर भुजेलको २५ वर्षीय छोरा प्रदीप  घाइते भएको प्रहरीले जनाएको छ ।