अजोड इन्स्योरेन्स धनगढीमा

अजोड इन्स्योरेन्स धनगढीमा

धनगढी :  काठमाडौंमा कर्पोरेट कार्यालय रहेको अजोड इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेशको धनगढीमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ । उक्त कम्पनीको क्षेत्रीय कार्यालयको उद्घाटन सुदूरपश्चिम (सुप) प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले उद्घाटन गरेका हुन् ।

अधिकृत र जारी गरी १ अर्ब तथा चुक्तापूँजी ७० करोड रहेको उक्त कम्पनीमा ७० प्रतिशत लगानी १०४ संस्थापकको र ३० प्रतिशत सर्वसाधारणको रहने गरी व्यवस्था गरिएको रोडसो इन्भेष्टमेन्ट प्रालिका प्रतिनिधि एवम् कम्पनी सञ्चालक सागर गुरुङले बताए । कम्पनीले हालसम्म ६ ओटा क्षेत्रीय कार्यालय, २३ शाखा तथा एक ग्राहक सेवा केन्द्र र १५ ओटा तेस्रो पक्ष बीमा काउन्टर स्थापना गरिसकेको जानकारी कम्पनीका सहायक महाप्रबन्धक अनिल अर्यालले दिए ।

कम्पनी सञ्चालन भएयता बीमा शुल्क बापत २५ करोड रुपैयाँ संकलन भएको छ भने कुल १६६ दाबीमध्ये ११९ दाबीे फर्छ्योट भइसकेको सहायक महाप्रबन्धक अर्यालले बताए । उनका अनुसार अबको ४ वर्षभित्र बीमा कम्पनीमध्ये दशौं स्थानमा आप्mनो कारोबार पु¥याउने लक्ष्यसहित तयारी अघि बढाइएको छ । क्षेत्रीय कार्यालय धनगढीको उद्घाटन का क्रममा बोल्दै सुप प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बोहराले जोखिम न्यूनीकरण र रोजगारी सृजनामा यस्ता कम्पनीको भूमिका रहने भएकाले बीमा सचेतना कार्यक्रमका लागि कम्पनीले बजेट छुट्याउनुपर्नेमा जोड दिए ।

बीमा कम्पनीहरूले नाफा मात्रै नहेरेर आफ्नो सामाजिक उत्तरदायित्वलाई पनि सँगसँगै लैजान सके मुनाफा आर्जनमा थप मद्दत मिल्ने उनको भनाइ थियो । हिमाल, पहाड, भित्री मधेश र तराई क्षेत्र भएको प्रदेश भएकाले ठूला लगानीकर्ताले यहाँ लगानी गर्दा प्रदेश सरकार सधैं उचित वातावरण बनाउन तयार रहेको बताए ।