‘नाई नभन्नु ल ६’बाट आर्शिवादले देखाए संभावना

‘नाई नभन्नु ल ६’बाट आर्शिवादले देखाए संभावना

नयाँ बर्षको अवसर पारेर वैशाखको १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाई नभन्नु ल ६’ रिलिज हुँदैछ । 

यो फिल्मलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । फिल्मको टिजर निर्माणपक्षले सार्वजनिक गरेको छ । सार्वजनिक टिजरमा आफ्नो प्रेमका लागि नव–नायक आर्शिवाद क्षेत्रीले गरेको द्धन्द्धको कथा उल्लेख छ । 

फिल्ममा नायिका आँचल शर्मा, नव–नायक आर्शिवाद क्षेत्री, कलाकारहरु सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी लगायतको अभिनय हेर्न सकिन्छ । 

फिल्मको टिजरमा समावेश एक्सन, रोमान्सको दृश्य हेर्दा नव–नायक आर्शिवाद क्षेत्रीले ठूलो संभावना देखाएका छन् । यदि, टिजरमा देखाए जस्तै आर्शिवाद फिल्मभरी पनि काम गरेका छन्, उनी नेपाली फिल्म क्षेत्रका लागि हटकेक नायक बन्न सक्छन् । 

फिल्ममा विकासराज आचार्य, सामिप्य तिमिल्सिना, अरुणदेव जोशीको कथा, हिमाल केसीको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी छ । 

फिल्ममा विकासराज आचार्य र बिष्णुमणी दाहालको लगानी छ । संजय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान फिल्मका कार्यकारी निर्माता हुन् ।