लोकतन्त्र दिवसमा ओझा सम्मानित

लोकतन्त्र दिवसमा ओझा सम्मानित

धनगढीलोकतन्त्र दिवसको अवसरमा धनगढीका युवा व्यवसायी पुष्कराज ओझा ‘विशेष सेवा सम्मानबाट’ सम्मानित भएका छन् । 

काठमाण्डौं बुधबार आयोजित एक कार्यक्रममा उनलाई फोकस नेपाल नामक संस्थाले सम्मान गरेको हो । पूर्व प्रधानमन्त्री झलनाथ खनालले ओझालाई सम्मानपत्र हस्तान्तरण गरे ।

अटोमोबाइल्स व्यवसाय, विभिन्न सामाजिक संघ संस्था लगायतमा आबद्ध भइ राष्ट्रलाई योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको हो ।