कहिलेसम्म अस्थिर बनाउने सुदूरपश्चिम प्रदेश सरकार ?

कहिलेसम्म अस्थिर बनाउने सुदूरपश्चिम प्रदेश सरकार ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार अस्थिर बनेको दुई महिना बढी भएको छ । मंसिर ४ भएको दोस्रो प्रदेश निर्वाचनपछि प्रदेश सरकार अस्थिर बनेको हो ।

प्रदेशमा नेकपा एमालेका संसदिय दलका नेता राजेन्द्र सिंह रावलले विश्वासको मत प्राप्त नगरेपछि सबैभन्दा ठुलो दल रहेको नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएको छ । तर, उनले पनि नेकपा माओवादी केन्द्र वा नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मात्र विश्वासको मत प्राप्त गर्ने छन् । उन्मुक्तिले माग र मुद्दा पूरा हुनुपर्ने अडान राखेको छ । उन्मुक्तिकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ भन्छिन लिखित सम्झौता नभएसम्म विश्वासको मत कसैलाई दिदैनौं ।

७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले लिखित सम्झौता नभएसम्म विश्वासको मत नदिने बताउदैँ आएको भएपनि आज भने बिस्वासको मत दिने निर्णय गरेको छ । नागरिक उन्मुक्तीका संसदीय दलका नेता रामेश्वर चौधरीले शाहलाई बिस्वासको मत दिने बताएका छन् । ‘हामी बिस्वासको मत दिन्छौ चौधरीले भने सबै जना धनगढीमै छौ म मात्रै काठमाडौँ थिए म पनि बिस्वासको मत दिने भएपछि धनगढी फर्किएको छु ।,’ अहिले पनि हामी छलफलमा छलफलमा बसेका छौ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

माघ महिनाको २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार आज उनले विश्वासको मत लिँदै छन् ।
माओवादी केन्द्रको शनिवार बसेको संसदीय दलको पनि यथास्थितिमा विश्वासको मत दिन नसक्ने निर्णय गरेको संसदीय दलका नेता खगराज भट्टले बताएका छन् । नेकपा माओवादी केन्द्र संसदीय दलको सचिवालयले अहिले सम्म हिजोकै निर्णयमा रहेको बताएको छ । अहिले पनि छलफलमै छौ हामी । ‘११ बजे दलको बैठक बोलाइएको छ दलको बैठकले निर्णय गर्ला बाँकी अहिले सम्म नदिने निर्णयमा छौ ।,’ 
संविधानको धारा १६८ को उपधारा ३ अनुसार अनुसार कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएको थिए । 
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन कम्तीमा २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९ सदस्य छन् । माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद रहेका छन् ।
 

धारा ५ कति सम्भव ?

संविधानको धारा १६८ धारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त कमलबहादुर शाहले विश्वासको मत प्राप्त नगरे धारा ५ लागू हुने छ । धारा ५ अनुसार कुनै व्यक्तिले बहुमत जुटाएर मुख्यमन्त्रीमा नियुक्त हुने छ ।
सो धारा अनुसार प्रदेशमा मुख्यमन्त्रीको दाउमा नेकपा माओवादी केन्द्र संसदिय दलका नेता खगराज भट्ट रहेका छन् । तर, मुख्यमन्त्री शाह विश्वासको मत पाउनेमा विश्वस्त छन ।