ट्याक्टर र मोटरसाइकलमा ठोक्किँदा धनुषामा दुई जनाको मृत्यु

ट्याक्टर र मोटरसाइकलमा ठोक्किँदा धनुषामा दुई जनाको मृत्यु

धनुषा । धनुषामा ट्याक्टर र मोटरसाइकलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियामा गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार लक्ष्मीनिया गाउँपालिका– ४ सपही का ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्यनारायण साहको मृत्यु भएको प्रहरीले जनाएको छ । 

राति ९ बजेतिर ज १ त ५२४५ नम्बरको ट्याक्टरले ज १० प ६४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुवै शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।