कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ। आइतबार(आज) राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो। 
 
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी, भक्तपुरद्वारा २०८० सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो। 
 
परीक्षा आगामी वैशाख २६ गते बिहान ८ बजे देखि ११ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले जनाएको छ।