आज औंलो विरुद्धको दिवस मनाईंदै, विश्वभर २ करोड १२ लाख मलेरिया संक्रमित

आज औंलो विरुद्धको दिवस मनाईंदै, विश्वभर २ करोड १२ लाख मलेरिया संक्रमित

आज २५ अप्रिल अर्थात औंलो विरुद्धको दिवस मुलकभर विभिन्न चेतना कार्यक्रम गरी मनाईदैछ । औंलो एनोफेलिस लामखुट्टेको टोकाईबाट मान्छेमा सर्ने गर्दछ ।

सन् २०१५ को अध्ययन अनुसार संसारभर अझै पनि ९१ बढी देशमा मलेरियाको संक्रमण छ । मलेरिया विरुद्धको खोप नलगाएका ब्यक्तिहरुमा यसको संक्रमणको दर उच्च हुन्छ । मलेरिया ओसार्ने लामखुट्टेले टोकेको ७ देखि १५ दिन भित्र यसका लक्षणहरु देखिन्छन् ।

यसका लक्षणहरुमा रक्तअल्पता, श्वाँस–प्रश्वाँसमा समस्या, सेरिबरल मलेरिया हुन्छन् । विश्व स्वास्थ्य संगठनको सन् २०१६ को एक अध्ययन अनुसार संसारभरिमा २ करोड १२ लाख मलेरिया संक्रमित रहेको र ४ लाख २९ हजार ले ज्यान गुमाईसकेको तथ्याङ्क छ ।

अफ्रिकी महादेशमा यसको प्रकोप अझै बढी छ । मलेरियाको रोकथामकालागि समय समयमा दिइने खोप, समयमै आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्वपूर्ण छ ।

घर वरिपरि सरसफाई गर्ने, पानी जम्न नदिने, पानी जम्नसक्ने सरसामानहरूको उचित व्यवस्थापन गर्ने, जलाउन मिल्ने फोहोरहरूलाई व्यवस्थित ठाउँमा जलाउन चिकित्सकहरुको सुझाव छ ।