नेपाल कम्युनिस्ट पार्टी कैलालीका अध्यक्ष थापा र सचिव सोडारीले गरे पदभार ग्रहण

नेपाल कम्युनिस्ट पार्टी कैलालीका अध्यक्ष थापा र सचिव सोडारीले गरे पदभार ग्रहण

धनगढी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कैलाली अध्यक्ष रत्न थापा र सचिव लालबहादुर सोडारीले पदभार ग्रहण गरेका छन् । आज पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी थापा र सोडारीले पदभार ग्रहण गरेका हुन् । अध्यक्ष र सचिवलाई नेकपाका केन्द्रीय सदस्य महेश्वर पाठकले पदभार ग्रहण गराएका हुन् । 

पदभार ग्रहण पछि पार्टी कार्यालयमा अध्यक्ष थापाले पार्टीले जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको प्रति खुसी व्यक्त गर्दै पार्टीका कामकाज अगाडी बढाउनु पर्ने भएकाले आफूले पदभार ग्रहण गरेको बताए । शपथ भने फेरी दोश्रोपटक कार्यक्रमको आयोजना गरी लिने उनको भनाइ छ । उनले सबैको सल्लाहमा आफू अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झन्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् ।

सुदूरपश्चिमका ९ जिल्ला मध्ये ५ जिल्लामा तत्कालीन नेकपा मोओवादीले जिल्ला सचिव पाएको छ भने ४ जिल्लामा तत्कालीन एमालेले सचिव पाएको छ ।