धनगढीमा चक्रले तताए होली महोत्सब

धनगढीमा चक्रले तताए होली महोत्सब

धनगढी । रंगहरूको पर्व होली तराई होलीमा उत्साह र उमङ्गका साथ मनाइएको छ ।

धनगढी चौराहामा गरीएकोे हाली महोत्सबमा कलाकार चक्र बमको प्रस्तुतीले स्थानियहरु झमुेका हुन । रेडियो धनगढी,एसटिएस टिभि र रुविन फोटो ग्राफीको संयूक्त आयोजनामा गरीएको हाली महोत्सबमा लोकपप् तथा देउडा गायक चक्र बम प्रस्तुतीमा धनगढीका स्थानियहरु झुमेका हुन । 

कलाकार बमले चुईगम पट्काउने दारु सड्काउने,भन साली तेरी दिदि काँ छ,ओए काँजल खाँलीलाई हेल गाँजल लगायएतका गितहरु गाएका थिए । 

विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो । धनगढीको चौराहा,पार्कमोड लगायतका ठाउँमा होली विशेष कार्यक्रमको आयोजना गरिएको थियो, जहाँ युवायुवतीहरु आपसमा रंग, अबीर दलेर आत्मीयता साटासाट गरिरहेका थिए ।
युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका थिए भने कोहीले सेल्फी लिइरहेका थिए । चौराहाको होलीमा सधैं जस्तो यसपटक पनि स्थानियको उल्लेख्य सहभागिता देखिएको छ ।

होलीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ । पहाडमा सोमबार नै होली मनाइएको थियो भने,तराईमा आज (सोमवार) होली मनाउने चलन हो ।

स्थान अनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । 
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।

असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।