मैदानमै एकाएक बल गायब भएपछि...

मैदानमै एकाएक बल गायब भएपछि...

भारतमा जारी १२ औं संस्करणको इण्डीयन प्रीमियर लीग आईपिएलमा बिहिबार राति रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स इलाभेन पञ्जाब बीच भइरहेको खेलमा एकाएक बल गायब भयो।

टस पञ्जावले जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो। सोही अनुसार बैंलोरले ब्याटिङ गरिरहेको थियो। १४ औं ओभरको खेल सकिएर दोस्रो टाइम ब्रेकपछि बल एकाएक गायब भयो।

बैंगलोरबाट एबिडि भिलियर्स र मार्कस स्टोनिस क्रिजमा थिए। जब किंग्स इलाभेन पञ्जाबका अंकित राजपूत १५ औं ओभरको बलिङ गर्न आए। तर, बल एकाएक गायब भयो।

उनले साथी खेलाडीसँग बल मागे, तर बल कसैले दिएन। सबै खेलाडीहरू बल खोज्न लागे। पञ्जाबका कप्तान रविचन्द्रन आश्विन पनि हैरानीका साथ बलबारे सोधपुछ गरिरहेका थिए।

सबै खेलाडी बल खोज्न लागिपरेपछि रेफ्री पनि बलबारे सोधपुछ गर्न लागे। मैदानमा बल कही कतै फेला नपरेपछि रेफ्रीले अर्को बल मागे। यसैबीच क्यामेरा रिप्ले हेर्दा बल पत्ता लाग्यो। बल रेफ्रीले पकेटमा राखेका रहेछन्।

भएको के रहेछ भने साढे २ मिनेटको स्ट्रैटेजिक टाइम आउटको समयमा बल पहले रेफ्री ब्रुस अक्सेनफोर्डसँग थियो। तर, उनले उक्त बल अर्का रेफ्री शमशुद्दीनलाई दिए। उनले ब्रुसबाट बल लिएर केही बेर खेलाए। त्यसपछि उक्त बललाई उनले आफ्नो पकेटमा राखे। रोचक कुरा त आफैं पकेटमा राखेको समेत ती रेफ्रीले भुलेपछि केहीबेर मैदानमा रमाइलो भएको थियो।