पुर्नवासको सामुदायीक वनमा लागेको डढेलोले ९७ हेक्टर वन विनास

पुर्नवासको सामुदायीक  वनमा लागेको डढेलोले ९७ हेक्टर वन विनास

कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तरगत पर्ने मधु सामुदायिक वन, भिम सामुदायिक वन र सिद्धदेवी सामुदायिक वनमा बुधबार फैलिएको आकोले ९७ हेक्टर वन विनास गरेको छ ।

खडेरी नियन्त्रण गर्न अग्नीरेखा बनाएर ठुलो नोक्सानीबाट बच्न सकिने डिभिजन वन कार्यालय कुन्डाका प्रमुख वन अधिकृत दिनेश यादव बताउनुभयो ।

वन उपभोक्ता समितिका पदाधिकारीहरुले अग्नि नियन्त्रक यन्त्रहरु प्रयोग गर्दै डढेलो नियन्त्रणमा लिएका छन । पुनर्वास नगरपालिका वडा नम्बर १० र ११ मा पर्ने वनमा खडेरी लागेसंगै डढेलोको उच्च जोखिम हुने गर्दछ ।