बेबी जोन मन्टेश्वरी प्रि-स्कुलले मनायो चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस

बेबी जोन मन्टेश्वरी  प्रि-स्कुलले मनायो  चौथो  वार्षिकोत्सव तथा अभिभावक दिवस

धनगढी ।  धनगढी उपमहानगरपालिका–४ मा रहेको बेबी जोन मन्टेश्वरी  प्रि- स्कुलले आफ्नो चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

स्कुलले शनिवार विविध कार्यक्रम गरी आफ्नो चौथो  वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सव कार्यक्रमको विशिष्ट अतिथि  कैलाली बहुमुखी क्याम्पसका  सहायक क्याम्पस प्रमुख प्रा. डा. केशव भट्ट  रहेका थिए । 

सहायक क्याम्पस प्रमुख प्रा. डा. भट्टले  कार्यक्रममा बोल्दै शिक्षाले नै परिवर्तन सम्भव भएको हुँदा गुणस्तरीय र योग सुहाउँदा शिक्षामा जोड दिनुपर्ने बताए ।कार्यक्रममा  समाजसेवी धुब्र कुँवरको पनि उपस्थिति रहेको थियो ।

 प्रिन्सिपल चाँदनी शाहले आगामी दिनमा शिक्षाको गुणस्तरमा अझै ध्यान दिइने बताइन् । विद्यालयका प्रबन्ध निर्देशक बिकेश सिंहले शिक्षाको गुणस्तरका लागि विद्यालयको मात्र भूमिका नभएर अभिभावकको पनि उत्तिकै भूमिका रहने बताए ।

कार्यक्रममा वार्षिकोत्सवको अवसरमा सम्पन्न भएको अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा तीन सय बढीको सहभागिता रहेको थियो ।

No description available.