क्रेसेन्ट सिटी स्कुलद्धारा दृष्टी फाउण्डेसनलाई खाध्यान्न सहयोग

क्रेसेन्ट सिटी स्कुलद्धारा दृष्टी फाउण्डेसनलाई खाध्यान्न सहयोग

धनगढी । क्रेसेन्ट सिटी स्कुलका बिद्यार्थीहरुद्धारा कैलालीमा रहेको दृष्टी फाउण्डेशन नेपाल, धनगढी लाई खाद्यान्न  सामाग्रि वितरण गरिएको छ। 

फाउण्डेशनलाई ५० किलो चामल, ५ किलो दाल, ३ किलो प्याज, २ किलो टमाटर, काउली, मसलाहरु तथा मिष्ठान्न परिकारहरु सहयोग गरेको कक्षा ८ मा अध्ययनरत विद्यार्थी एलिसा साउँदले बताईन । साउँदले भनिन् ‘हामीले विद्यालयमा र बाहिर भएका विभिन्न प्रतियोगिता बाट पाएको पुरस्कारको रकम जम्मा गरेर फाउण्डेसन लाई सहयोग गरेका हौं ।’

यो कार्यक्रम विद्यार्थीहरुकै प्रस्ताबमा गरिएको र विद्यार्थीहरुलाई पढाई संगसंगै सामाज प्रति उत्तरदायी बनाउन विद्यालयले उनिहरुलाई यस्ता विभिन्न कार्यहरुमा अग्रसरहुन प्रोत्साहन गर्ने विद्यायलयका सह–प्रध्यानाध्यापक टेकराज भट्टले जानकारि दिए ।

No description available.