प्रदेश बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी विधेयक पारित

प्रदेश बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी विधेयक पारित

प्रदेश सभाको हिउँदे अधिबेशनको अन्तिम बैठकले प्रदेश सभा सञ्चालन सम्बन्धी नियम निलम्बन गर्दै प्रदेश बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्बन्धी विधेयक २०७६ पारित गरेको छ ।

दुई दिन अघि मात्रै प्रदेश सभामा पेश भएको विधेयक सभाको सबै प्रक्रिया पुरा गर्दा हिउँदे अधिबेशनमा पवारित हुन सक्ने अवस्था नरहेपछि छोटो बाटो अपनाउादै विधेयक पारित गरिएको हो ।

 विधेयक पारित गर्नका लागि नियमावलीको नियम ११ निलम्बन गरिएको हो । सो नियममा विधेयक माथि विरोधको सूचना गर्न १ सय २० घण्टा को समय रहने ब्यवस्था छ ।

सो नियम निलम्बन गरेपछि विधेयकमाथि सभामै दफावार छलफल भयो । विधेयक माथिको दफावार छलफलमा भाग लिएका सासंदहरुले विधेयक चाँडो आउनुपर्ने भएपनि सरकारले ढिलाई गरेको बताउनुभयो । छलफलमा नेकपाका सांसद लिलाधर भट्ट र देवकी मल्ल तथा नेपाली कांग्रेसका सासंद श्यामलाल रानाले बोल्नुभएको थियो ।

विधेयक पारित भएसंगै प्रदेश सरकारले राहत कोषमा जम्मा गरेको रकम बिपद पीडित नागरिकहरुलाई राहत उपलब्ध गराउन बाटो खुलेको छ ।

विधेयक सभामुखबाट प्रमाणिकरण भई मुख्यमन्त्री कार्यालय मार्फत प्रदेश प्रमुखको कार्यालयमा प्रमाणिकरण का लागि पुग्ने छ । प्रदेश प्रमुख बाट प्रमाणिकरण भई प्रदेश राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रुपमा लागू हुने छ ।