यो योगासनले पेटको बोसो १५ दिनमै घटाउँछ

यो योगासनले पेटको बोसो १५ दिनमै  घटाउँछ

एजेन्सी । अव्यवस्थित जीवनशैली, भोजन, तनाव तथा व्यायामको कमी लगायत धेरै कारण छन् जसले गर्दा पेटको वरिपरि बोसो जम्मा हुन्छ ।

पेट जति बढ्दै जान्छ त्यति नै समस्याहरु पनि बढ्दै जान्छन् । पेटको भागको बोसोले मधुमेह, मुटु सम्बन्धी रोग, उच्च रक्तचाप तथा मोटोपन जस्ता विमारीहरुको कारण बन्न सक्छ ।

त्यसो त पेटको बोसो कम गर्ने कुनै पनि झटपट उपाय त छैन । तर अनुशासित व्यायामको बानी तथा सन्तुलित भोजनले धेरै हदसम्म छिटो बोसो कम गर्न मद्दत गर्छ ।

यदी तपाईं जीम जान चाहनुहुन्न भने योग एउटा राम्रो विकल्प हो । यसले पेटको बोसो कम गर्नुका साथै दिमागलाई पनि सही राख्ने गर्दछ ।

दिनहुँ गरिने योगासनले पेटको बोसो कम गर्न धेरै मद्दत गर्दछ । त्यसैले हामी तपाईंलाई कुनै यस्ता योगासनका बारेमा बताउनेछौं जसलाई तपाईं घरमै आरामसँग गरेर पेटको बोसो कम गर्न सक्नुहुनेछ । यी विशिष्ट आसनहरु ४ सेटमा छन् जसमध्ये प्रत्येक आसनलाई १० देखि २० सेकेन्ड गर्नुपर्ने हुन्छ ।

चक्रासन

यसलाई गर्नका लागि उत्तानो परेर सुत्नुहोस् । खुट्टाहरुलाई घुँडाबाट खुम्च्याउनुहोस् । ध्यान दिनुहोस् खुट्टाले राम्रोसँग टेकेको हुनुपर्छ । हातहरुलाई आकाशतिर फर्काउँदै कुहिनोबाट हातहरु मोड्नुहोस् । हातलाई घुमाएर टाउकाको छेउमा दुबै हात्केलालाई जमिनमा राख्नुहोस् ।

स्वास तान्नुहोस्, हात र खुट्टाको बलमा शरीरको भागलाई माथितिर उठाउनुहोस् र आर्क बनाउने कोसिस गर्नुहोस् । केहीबेर उक्त पोजिसनमा रहनुहोस् र फेरि शुरुको आसनमा फर्किनुहोस् ।

सन्तुलनासन

त्यसो त सन्तुलनासन धेरै प्रकारले गरिन्छ । तर तपाईं पेटको बोसो घटाउनका लागि व्यायाममा ‘प्ल्यांक’ भनिन्छ त्यसरी नै यो योगासन गर्नुहोस् । यसलाई गर्नका लागि पेटको भरमा सुत्नुहोस् । हातहरु छातीको भागनेर राख्नुहोस् त्यसपछि घुँडा र पुरै शरीरलाई माथि उठाउनुहोस् । यस पोजिसनमा पनि केहीबेर रोकिनुहोस् र पुनः दोहोर्‍याउनुहोस् ।

चतुरंग दन्डासन

यसलाई पनि प्ल्यांक जसरी नै शुरु गर्ने । तर स्वास छोडेपछि ‘पुसअप’ गरे जसरी शरीरको माथिल्लो भागलाई अलि तर ल्याउनुहोस् । उक्त आसनलाई १०–१५ सेकेन्डसम्म रोक्नुहोस् र पुनः आराम गर्दै दोहोर्‍याउनुहोस् ।

उत्कटासन

सिधा उभिनुहोस् र नमस्ते गरेको स्थितिमा हातहरु माथि लग्नुहोस् । घुँडा मोड्नुहोस् र शरीरलाई अलिअलि तलतिर गर्नुहोस् । ढाडलाई सधैं सिधा गर्नुहोस् । यसरी ‘स्क्वाट’को पोजिसनमा शरीरलाई केहीबेर रोकिराख्नुहोस् ।
यसरी यी आसनहरुलाई नियमित रुपमा गर्नुभयो भने तपाईंको पेटको बोसो कम हुँदै जानेछ ।

यसरी तपाईं अन्य विभिन्न आसनहरुलाई पनि आफ्नो रुटिनमा समावेश गर्न सक्नुहुन्छ । अहिलेको समयमा स्वस्थ रहनका लागि थोरै समय आफ्नो व्यायाम वा योगका लागि छुट्याउनु एकदमै आवश्यक भइसकेको छ ।