देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना

देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना

धनगढी । हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  आज देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागका केही स्थान तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जनर चट्याङ र हावा हुरीसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

अहिले बिहान  देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का पानी परिरहेको छ। 

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जनर चट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।