अनेरास्ववियु तीन र नेविसंघ एक क्याम्पसमा विजयी

अनेरास्ववियु तीन र नेविसंघ एक क्याम्पसमा विजयी

दार्चुला । आइतवार दार्चुलाका चार क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

जिल्लाको राष्ट्रिय क्याम्पस दत्तु, शंकरपुर क्याम्पस पस्ती, कृष्ण स्नातक क्याम्पस लाली र लटिनाथ क्याम्पस मार्माको नतिजा सार्वजनिक भएको हो । जसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल ३ स्थान र नेविसंघले एक स्थानमा विजय हासिल गरेको छ । 

अनेरास्ववियूको तर्फबाट शंकरपुर क्याम्पस पस्तीको स्ववियु अध्यक्षमा कविता अवस्थी र कृष्ण स्नातक क्याम्पस लालीमा हेमन्ती जोशी विजयी भएका छन् । यस्तै अनेरास्ववियु (क्रान्तिकारी) को तर्फबाट लटिनाथ क्याम्पस मार्माको अध्यक्षमा जगदीश कोट्टारी विजय भए । संयुक्त प्यानल सँग स्ववियु निर्वाचन लडेको नेविसंघले राष्ट्रिय क्याम्पस दत्तुमा विजय हासिल गरेको छ । त्यहाँ सरोज ग्वाईलाले स्ववियु अध्यक्षमा विजय हासिल गरे । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अपीनाम्पा क्याम्पस हुतीमा भने निर्वाचन स्थगित छ । दार्चुलामा सुदूरपश्चिम विश्वविद्यालयका २ आंगिक क्याम्पसमध्ये गोकुलेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु ९क्रान्तिकारी० का नविन विष्टको नेतृत्वमा स्ववियु सर्वसम्मत चयन गरिएको छ भने दार्चुला बहुमुखी क्याम्पस खलंगामा चैत ८ गते निर्वाचन हुदैछ ।