मालिकार्जुन दार्चुला सेवा समितिले धनगढीमा चैत २५ गते रक्तदान कार्यक्रम गर्ने

मालिकार्जुन दार्चुला सेवा समितिले धनगढीमा चैत २५ गते रक्तदान कार्यक्रम गर्ने

धनगढी ।  धनगढीमा यही चैत २५ गते मालिकार्जुन दार्चुला सेवा समितिले रक्तदान कार्यक्रम गर्ने भएको छ ।

समितिले सामाजिक दायित्व अन्तर्गत छैटौँ पटक बृहत् रक्तदान कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम चैत २५ गते बिहान ९ बजेदेखि धनगढी ५ तारा नगरमा रहेको मालिकार्जुन दार्चुला सेवा समितिको प्राङ्गणमा हुने समितिका अध्यक्ष महेन्द्रराज पन्तले बताए ।