भोली देखि कक्षा १२ को बार्षिक परीक्षा शुरु हुँदै, परीक्षाको सम्पूर्ण तयारी पुरा

भोली देखि कक्षा १२ को बार्षिक परीक्षा शुरु हुँदै, परीक्षाको सम्पूर्ण तयारी पुरा

धनगढी : भोली देखि शुरु हुने कक्षा १२ को बार्षिक परीक्षाको सम्पूर्ण तयारीहरु पुरा भएको राष्ट्रिय परीक्षा बोर्डको सुदूरपश्चिम प्रदेश परीक्षा ब्यवस्थापन कार्यालयले जनाएको छ ।

बैशाख २६ गते कक्षा १२ को परीक्षा सकिए लगत्तै बैशाख २९ गते देखि जेड आठ गते सम्म कक्षा ११ को परीक्षा सञ्चालन हुने छ ।

दुबै कक्षाको परीक्षाका लागि आवश्यक पूर्व तयारीहरु पुरा भएको परीक्षा बोर्डको धनगढी स्थित प्रदेश परीक्षा ब्यवस्थापन कार्यालयका प्रमुख उत्तमदेब बिष्टले बताउनुभयो ।

यसबर्ष नियमित र आंिशक गरी कक्षा १२ को परीक्षामा सुदूरपश्चिम प्रदेशबाट ४२ हजार ३० विद्यार्थी सहभागी हुने छन् । यस्तै कक्षा ११ को परीक्षामा ५१ हजार २ सय ९७ विद्यार्थी सहभागी हुने छन् ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम परीक्षार्थी बाजुरा जिल्लामा र सबैभन्दा बढी परिक्षार्थी कैलाली जिल्लामा रहेका छन् । कैलाली जिल्लामा परीक्षा सञ्चालनका लागि २८ वटा परीक्षा केन्द्र तोकिएका छन् । भने कञ्चनपुरमा २१ वटा केन्द्र तोकिएका छन् ।

कैलाली र कञ्चनपुर जिल्लाका परीक्षा केन्द्रका केन्द्राध्यक्षका लागि धनगढीमा र पहाडी जिल्लाका केन्द्राध्यक्षका लागि डडेल्धुरामा परीक्षा सञ्चालन सम्बन्धी तालिमको ब्यवस्था गरिएको प्रदेश परीक्षा ब्यवस्थापन कार्यालय धनगढीका प्रमुख उत्तम देव बिष्टले बताउनुभयो ।

परीक्षाको सम्पूर्ण जिम्मेवारी जिल्ला परीक्षा समन्वय समितिको हुने भएकोले परीक्षा समन्वय समितिका पदाधिकारीहरुसित हरेक जिल्लामा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको अन्तरक्रिया समेत गरिएको उहाँले जानकारी दिनुभयो ।

परीक्षालाई मर्यादित बनाउन बोर्डले सम्पूर्ण काम पुरा गरेको उहाँको भनाई छ । यस पटक परीक्षा सञ्चालनका क्रममा परीक्षार्थीहरुलाई परीक्षा हलमा मोबाइल फोन र स्मार्ट घडी लैजान प्रतिबन्ध लगाउने निर्णय भएको छ ।