मिस्टर एण्ड मिसेस एसईई आइकोन फारवस्ट सिजन २ हुने

मिस्टर एण्ड मिसेस एसईई आइकोन फारवस्ट सिजन २ हुने

धनगढी : मिस्टर एण्ड मिसेस एसईई आइकोन फारवस्ट सिजन २ को औपचारिक टेनिङ्ग र ओरिन्टेसन आईतबार बाट सुरुभएको छ । उक्त इभेन्टमा २८ जना प्रतियोगीहरु विभिन्न चरणको अडिसनबाट छनौट गरिएको आयोजकले जानकारी दिएको छ ।

उक्त टेनिङ्ग २५ देखि ३० दिनसम्म सञ्चालन हुने जनाएको छ । उक्त टेनिङ्गले बिद्यार्थीहरुमा आत्मविश्वास,व्यक्तित्व विकास लगायतका विभिन्न जीवन उपयोगी कलाको बिकास हुने बिश्वास लिइएको छ । उक्त कार्यक्रमकाको आकर्षकको रुपमा आंशिक तथा पुर्ण छात्रवृति, इजी कार्ड र नो इजी कार्ड भन्ने नारालाई आत्मसाथ गरिने र विभिन्न सेवा सुबिधा समेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।  

कार्यक्रममा ५ सय टिकट लाग्ने र उक्त टिकट जोसुकैले पनि अनलाईन एप खल्ती बाट पनि खरिद गर्न सकिने जनाएको छ । साथै खल्ती एपबाट टिकट खरिद गर्दा ४ सय ५० मा पाईने आयोजकले जानकारी दिएको छ । उक्त प्रतियोगिताका ग्रयाण्ड फिनाले जेठ महिनाको १८ गते धनगढीको ओम प्यालेसमा हुने बताइएको छ ।