कृषक संघको जिल्ला अधिवेशन मसुरियामा सम्पन्न

कृषक संघको जिल्ला अधिवेशन मसुरियामा सम्पन्न

धनगढी । नेपाल ट्रेड युनियन काँग्रेससंग आवद्ध नेपाल कृषि श्रमिक संघको सातौ जिल्ला अधिबेसन मसुरियामा सम्पन्न भएको छ । बिहिबार भएको सम्मेलनको पार्टी सभापति नारायणदत्त भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

सो अवसरमा सभापति भट्टले कृषकका समस्या धेरै रहेकाले सरकारले समस्या समाधानमा जोड दिनुपर्ने बताए । उनले कृषकले समयमै मल खाद नपाउने, उचित मूल्य नपाउने लगायतका विभिन्न समस्या झेल्दै आएको बताए ।

सो कार्यक्रममा नेपाल कृषि श्रमिक संघका वरिष्ठ उपाध्यक्ष्य यज्ञराज चौधरी, नेपाली काँग्रेस कैलालीका सचिब केशबराज मिश्र, नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य राम बहादुर देउवा, जिल्ला सदस्य रोशन सिंह, गोहनि चौधरी, खुशीराम चौधरी लगायत श्रमिक नेताहरु उपस्थिति रहेको थियो ।