मन्थलीमा बोलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु, ११ जना घाइते

मन्थलीमा बोलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु, ११ जना घाइते

काठमाडौँ । रामेछापको मन्थली नगरपालिका- ७ स्थित मगरटोलनजिक कौछिनी भन्ने स्थानमा बिहीबार साँझ बोलेरो दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा परी चार जनाएको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।

प्रहरीका अनुसार घाइतेहरूलाई उद्धार गरी मन्थलीका अस्पतालमा पठाइएको छ । मृत्यु हुनेहरूको शव पनि निकालिएको प्रहरीले जानकारी दिएको छ । मृतकहरूको  सनाखत हुन सकेको छैन ।

कौछिनीतर्फ जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो । उक्त बोलेरो सडकबाट करिब १०० मिटर तल झरेको थियो । दुर्घटनाबारे थप विवरण भने आइसकेको छैन ।