कृषि ज्ञान केन्द्र डेटीले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गर्ने

कृषि ज्ञान केन्द्र डेटीले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गर्ने

डोटी । कृषि ज्ञान केन्द्र डेटीले चालु आर्थिक बर्षको कार्यक्रममा ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गर्ने कृषि  ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताए।

उत्त यन्त्र लिन ईच्छुक कृषक, कृषि उद्यमी, फर्म, कृषक समुह, सहकारी सस्थाहरुलाई आवेदन पेश गर्न आग्रह गरेको छ ।

ज्ञान केन्द्रले कृषि उपकरण अन्तरगत मल्टिक्रप थ्रेसर, मिनिटिलर, विद्युतिय कर्न सेलर, बताउने पंखा, सिकेचर, आरी, त्रिपाल, मेटलबिन, पानी तान्ने मोटर, पावर स्प्रे, खाल्डो खन्ने मेसिन वितरण गर्ने बताएको छ ।

उक्त समग्री वितरणका लागि १५ दिन भित्र आवेदन माग गरेको छ ।