नेपाली सेनामा भर्ना खुल्यो

नेपाली सेनामा भर्ना खुल्यो

धनगढी । नेपाली सेनामा भर्ना खुलेको छ । प्राविधिक, हवाइसहितको विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको छ ।

सेनाले शुक्रबार स्वीकृत दरबन्दीभित्र रिक्त रहेका उक्त पदहरुमा दरखास्त आह्वान गरेको हो । 

सबै पदमा गरेर सेनाले १५५ जना जनशक्ति माग गरेको छ भने इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।