हिम पहिरोमा परी फ्रान्समा ५ जनाको मृत्यु

हिम पहिरोमा परी फ्रान्समा ५ जनाको मृत्यु

काठमाडौँ । फ्रान्समा  हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।

आइतबार दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै गएको हिम पहिरोमा परी ५ जनाको मृत्यु भएको फ्रान्सेली समाचार संस्थाहरुले जनाएका छन् ।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिन ट्वीटरमा लेखेका छन्, ‘हिम पहिरो गएको सूचना पाउँदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन् ।’

हिम पहिरो गएको स्थानमा उद्धार कार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको जनाइएको छ । समाचार अनुसार हिम पहिरो गएको उक्त स्थानमा एक दर्जन भन्दा बढी व्यक्ति रहेका थिए ।