वडा कार्यालय भवन निमार्णका लागि निशुल्क जग्गा दान

वडा कार्यालय भवन निमार्णका लागि निशुल्क जग्गा दान

बझाङ: जयपृथ्वी नगरपालिका वडा नं.४ को वडा कार्यालय भवन निर्माणका लागि करिव दुइ रोपनि जग्गा नि:शुल्क दान गरिएको छ ।
जयपृथ्वी नगरपालिका वडा नं.४ गोलाई खातीबाडा निवासी कुम्भ बहादुर खातीले खातीबाडाको डाडामा रहेको आफ्नो करिव दुई रोपनी जग्गा वडा कार्यालय भवनका लागि आज सोमबार निशुल्क दान गर्नु भएको हो ।

उहाले आज बझाङको मालपोत कार्यालय गएर आफ्नो नाममा रहेको जग्गा वडा कार्यालयको नाममा नामसारी गरीदिएको वडा अध्यक्ष इश्वर बहादुर खातीले बताउनुभयो ।

वडा कार्यालय भवन निमार्णका लागि निशुल्क जग्गा दान गरेपछी वडा कार्यालयले उहालाई धन्यवाद दिदै २०८० सालको शुभकामना ब्यक्त गरेको छ ।

अहिले जयपृथ्वी नगरपालिका वडा नं.४ को वडा कार्यालय ५००० रुपैया भाडा तिरेर अर्काको घरमा बस्दै आएको छ ।