फुलवारीमा जारी आत्मरक्षा तालिममा ६ सय बढी महिलाको सहभागीता

फुलवारीमा जारी आत्मरक्षा तालिममा ६ सय बढी महिलाको सहभागीता

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १८, फुलवारिमा जारी आत्मरक्षा तालिममा स्थानिय ६ सय भन्दा बढी महिला तथा बालिका हरुको सहभागीता रहेको छ ।

धनगढीमा रहेको गुरुकुल सिक्युरिटी सर्बिसेस प्रा.लि को आयोजना, राष्ट्रिय गोजुरियो कराते दो संघको प्राबिधिक सहयोग र धनगढी उपमहानगरपालिकाको सहकार्यमामा तालिम सञ्चालन भइरहेको हो । बैशाख १५ गते देखी ४ दिन सम्म सञ्चालन भइरहेको आत्मरक्षा तालिमको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निर्प ओडले आज एक कार्यक्रमका विच औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।।

 कार्यक्रममा विशिष्ट अथिती वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी , बरिष्ठ पाइलटबेद उप्रेती रहनुभयको थियो ।  नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधि रहेको कार्यक्रमको अध्यक्षता गुरुकुल सेक्युरिटीका अध्यक्ष तथा अन्तराष्ट्रीय करातेका खेलाडी एवम् प्रशिक्षक प्रकाश कुमार चन्द रहेनुभएको थियो ।