कारागारमा गोली चल्यो, सशस्त्रका सहायक हवल्दारको मृत्यु

कारागारमा गोली चल्यो, सशस्त्रका सहायक हवल्दारको मृत्यु

दाङ । तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहयक हवल्दार बसन्त सापकोटाले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

आज बेलुकी करिब ८:३० बजे डयुटीमा खटिएकै अवस्थामा एसएलआरले चिवुमा गोली हानी आत्महत्या गरेको इप्रका तुसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

पारिवारिक विवादका कारण सापकोटाले आफैलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मल्लले बताए । घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।