आजको मौसम : दुई प्रदेशमा क्षणिक वर्षा, तराईमा हावाहुरी

आजको मौसम : दुई प्रदेशमा क्षणिक वर्षा, तराईमा हावाहुरी

धनगढी । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

सोमबार दिउँसो  देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एकदुई स्थान-हरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

सोमबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।