मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सिरहा । सिरहाको लहान–ठाडी सडकखण्ड अन्तर्गत प्रयागपुरमा मोटरसाइकल एकापसमा ठोक्किँदा आइतबार राति एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स। ४ प ५५१६ नम्बर र प्रदेश २–०१–००३–३२८९ नम्बरको मोटरसाइकल आइतबार राति ८ बजे एकापसमा ठोक्किँदा घाइते भएका सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–४ का २२ वर्षीय अमित पासवानको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनीसँगै मोटरसाइकलमा पछाडि सवार सखुवानन्कारकट्टी गाउँपालिका–४ का सचिन पासवान र कमलेश मण्डल घाइते भएका छन् । स. ४ प ५५१६ नम्बर मोटरसाइकलमा सवार सप्तरी बलानविहुल गाउँपालिका–३ का ४५ वर्षीय शिवकुमार यादव, उनका पत्नी ३० वर्षीया पवित्रा र १० वर्षीय छोरा सुशान्तकुमार यादव घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ।