रश्मिकाले जसरी गर्नुहोस् कपालको स्याहार

रश्मिकाले जसरी गर्नुहोस् कपालको स्याहार

एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित हिरोइन रश्मिका मंदानाले आफ्नो व्यस्त समय तालिकाका बीच पनि आफ्नो कपालको रेखदेख गर्न कहिल्यै भुल्दिनन् ।

त्यस्ता केही साना साना टिप्सहरु छन् जसलाई उनले सधैं अपनाउने गर्दछिन् । त्यसैले उनको कपाल एकदमै सुन्दर देखिन्छ । तपाईं पनि उनको तरिका अपनाएर आफ्नो कपाल सुन्दर बनाउन सक्नुहुन्छ ।

तेल लगाउन आवश्यक

रश्मिकाका अनुसार कपाल बलियो बनाउन र त्यसको राम्रो देखभाल गर्नका लागि तेल एकदमै आवश्यक हुन्छ । खासगरी स्याम्पु गर्नु भन्दा केहीबेर अगाडि तेल लगाउनु एकदमै आवश्यक हुन्छ । कतिपय अवस्थामा व्यस्त हुँदा उनले तेल लगाउन पाउँदिनन् । त्यसैले हरेक हप्तामा कमसेकम एक पटक भने तेल लगाउने कोसिस गर्छिन् । यसले उनको कपाल सिल्की हुनुका साथै बलियो र कपालमा पर्याप्त मात्रामा पोषण पुग्ने गर्दछ ।

हरेक दोस्रो दिन स्याम्पु गर्ने

कपालको सरसफाइका लागि स्याम्पु गर्नु एकदमै आवश्यक हुन्छ । कतिपय व्यक्ति दिनदिनै कपाल धुन्छन् भने कतिपय हप्तामा एक पटक मात्र कपाल धुने गर्दछन् । जो एकदमै गलत हुन्छ । किनकी कपाललाई हप्तामा कम्तीमा पनि तीनपटक धुनु पर्दछ । त्यसरी नै रश्मिकाले हरेक दोस्रो दिन कपाल धुने गर्छिन् । जसले गर्दा कपालको फोहोर, पसिना आदि सफा हुन्छ ।

कन्डीसनर लगाउन जरुरी

धेरै जसो युवतीहरु कपालमा स्याम्पु लगाउँछन् तर कन्डीशनर प्राय लगाउन अल्छी गर्छन् । तर रश्मिकाले यसो गर्दिनन् । उनले आफ्नो व्यस्त तालिकामा कहिलेकाँही तेल लगाउन भुले पनि कपाल नुहाएपछि कन्डीसनर लगाउन भने कहिल्यै छुटाउँदिनन् । कन्डीशनरले उनको कपाल अझ सिल्की र मुलायम बनाउन सहयोग गर्छ ।

हेयर मास्क

शरीरलाई जसरी कपाललाई पनि पोषणको आवश्यकता हुन्छ । त्यसैले रश्मिकाले सामान्य रेखदेख बाहेक कहिलेकाँही हेयर मास्क लगाउने पनि गर्दछिन् । यसका लागि उनले महिनामा तीन देखि चारपटक हेयर मास्क लगाउने गर्दछिन् ।

यस्तो हेयर मास्कले कपालको समस्या जस्तै कपाल झर्ने, चाँया, कपाल पातलो हुने आदि समस्या टाढा भगाउँछ । यसरी उनले आफ्नै तरिकाले कपालको स्याहार गर्न सक्षम हुन्छिन् ।

खानपिनमा पनि ध्यान

कपालको स्याहारसँगै खानपानमा पनि ध्यान दिन एकदमै आवश्यक हुन्छ । रश्मिकाले पनि आफ्नो खानपानमा विशेष ध्यान दिने गर्छिन् । कपालको सुरक्षाका लागि खानपानमा हरियो सागसब्जीहरु खाने, फलफूल तथा पौष्टिक आहारको सेवन गर्ने गर्छिन् । जसले गर्दा कपाल भित्रैदेखि एकदमै सुन्दर भएर आउँछ ।

तपाईंले पनि यसरी रश्मिकाले जसरी आफ्नो कपालको स्याहार घरमै गर्न सक्नुहुन्छ ।