बैतडीमा ७ वर्षिया बालिका खोलामा मृत फेला

बैतडीमा ७ वर्षिया बालिका खोलामा मृत फेला

बैतडी । बैतडीमा ७ वर्षीया बालिका मृत फेला परेकी छिन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर–४ की बालिका मृत फेला  परेकी हुन्।  

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार स्थानीय रमेश चन्दकी ७ वर्षीया छोरी ललिता मंगलबार बिहान मङराउ खोलामा मृत अवस्थामा फेला परेकी हुन्।

उनी सोमबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।