आईफोनमा अब थर्ड पार्टी एप स्टोरबाट एप डाउनलोड गर्न मिल्ने

आईफोनमा अब थर्ड पार्टी एप स्टोरबाट एप डाउनलोड गर्न मिल्ने

काठमाडौं । एप्पलले आईफोनको एप वितरण प्रणालीलाई सीमित बनाएर राखेको छ । एन्ड्रोइडमा जस्तो आईफोनमा साइडलोडिङ एप अर्थात् एपस्टोरमा उपलब्धबाहेक ओपन इन्टरनेट सोर्सबाट सोझै डाउनलोड गरी एप प्रयोग गर्न सकिँदैन ।

तर आईओएस १७ को अपडेटसँगै कम्पनीले यो सुविधा थप गर्ने संकेत देखाएको छ । ब्लुमबर्गका अनुसार कम्पनीले एक कम्पनीसँग मिलेर आईओएस १७ मा यो फिचर थप गर्नको लागि काम गरिरहेको छ ।

आउँदो जुन महिनामा आयोजना गरिने वर्ल्डवाइड डेभलपर कन्फ्रेन्समा यो विषयको घोषणा हुने बताइएको छ । युरोपेली युनियनको नियमलाई अंगीकार गर्ने कदम स्वरुप एप्पलले यो फिचर उपलब्ध गराउन लागेको अनु्मान छ ।

युरोपेली युनियनले जारी गरेको डिजिटल मार्केट एक्टमा यस विषयमा उल्लेख गरिएको छ । उक्त ऐन सन् २०२४ बाट लागू हुन्छ । सोही नियम अनुरुप एप्पलले आफ्नो सुविधामा परिवर्तन गर्न लागेको हो । 

एप्पलले भने यस विषयमा कुनै आधिकारिक जानकारी दिएको छैन ।टेकपाना