सुनसरी र झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

सुनसरी र झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर । सुनसरी र झापामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बुधबार भएको सवारी दुर्घटनामा ७८ बर्षीया मनमाया तामाङको मृत्यु भएको छ ।

झापाको कमल गाँउपालिका ६ लखनपुर चौक स्थित गौरादह -पाडाजुङ्गी सडक खण्डमा उतरवाट दक्षीण तर्फ जाँदै गरेको को।३८प ३६८ मोटररसाइकलले बाटो क्रस गर्दै गरेकी तामाङलाई ठक्कर दिइको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी तामाङलाई उपचारको लागी स्थानिय स्वास्थ्य चौकी पठाइएको थियो । उपचारका लागि लैजादाँ लैजादै तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक दमक नपा ५ बस्ने बर्ष २३ को किशोर कटवाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यस्तै इटहरी २० तरहरामा इटहरीबाट धरान जाँदै गरेको प्र १०२००१ ख ८५२२ नं को भाडा बसले ठक्कर दिद एक जनाको मृत्यु भएको छ ।

अन्दाजी ४५ वर्षीय पुरुष मानिसलाई ठक्कर दिँदा उपचारको क्रममा उनको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।